Logo

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका, यसरी गर्नुहोस सहजै

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका, यसरी गर्नुहोस सहजै



काठमाडौं । नेपाल टेलिकमले मोबाईल व्यालेन्स रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । टेलिकमका अनुसार अब विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिनेछ । उक्त सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप (रिचार्ज) युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्र्ट कल एक्टिभेसन गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार १४१४ ह्यास डायल गरी फस्र्ट कल एक्टिभेसन गर्न सकिने भएको छ । नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाका रिचार्ज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL