Logo

दूरसंचार सेवाप्रदायकले अब नियमित सेक्युरिटी अडिट गर्नुपर्ने, अडिटको प्रतिवेदन प्राधिकरणमा पठाउन निर्देशन

दूरसंचार सेवाप्रदायकले अब नियमित सेक्युरिटी अडिट गर्नुपर्ने, अडिटको प्रतिवेदन प्राधिकरणमा पठाउन निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवाप्रदायकलाई आफ्नो सेक्युरिटी अडिट गर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै सबै दूरसंचार र ईन्टरनेट सेवाप्रदायकलाई नियमित रुपमा सेक्युरिटी अडिट गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय ह्याकिङका विभिन्न घटनाहरु बढिरहेका कारण नियमित अडिट गर्न निर्देशन दिईएको हो ।
यस्तै प्राधिकरणले नियमित सेक्युरिटी अडिट गरेको प्रतिवेदन नियमित रुपमा प्राधिकरणमा बुझाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL