Logo

ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स दिन कडाई, यस्ता छन मापदण्ड

ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स दिन कडाई, यस्ता छन मापदण्ड



काठमाडौं । अबदेखि इृन्टरनेट सेवाप्रदायकको लाईसेन्स पाउनलाई विभिन्न क्राईटेरिया पार गर्नुपर्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले इन्टरनेट सेवालाई व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्यका साथ इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली २०७७ स्विकृत गरेको छ ।

laxmi

उक्त विनियमावलीमा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिनका लागि अब ४ करोड चुक्ता पूँजी हुनुपर्ने उल्लेख छ । विनियमावलीको परिच्छेद–२ को पाँचौं बुँदामा इन्टरनेट ई–मेल सहित सेवा सञ्चालनका लागि निवेदन दिने प्रक्रियाअन्तर्गत यस्तो सर्त राखिएको हो ।

त्यस्तै विनियमावलीमा फेलो चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणीत गराई चार करोड बराबरको खुद सम्पत्ति रहेको विवरण पेश गर्नुपर्ने समेत उल्ले छ । यस्तै लाईसेन्स लिन चाहने सेवाप्रदायकले पाँच वर्षसम्मको अनुमानित ग्राहक संख्या, ग्राहकको आधारमा हुनसक्ने मार्केट सेयर, ग्राहकलाई दिइने सेवाको गुणस्तर सम्बन्धमा अपनाइने नीति, सेवा सुरु गर्ने अनुमानित मिति समेत खुलाउनु पर्ने विनियमावलीमा उल्लेख छ ।

यस्तै प्राधिकरणले विनियमावलीमार्फत कम्पनी सञ्चानको लागि सात वर्ष व्यावसायिक अनुभव भएको कार्यकारी निर्देशक हुनेपर्ने, प्रस्तावित जनशक्ति र संगठनको ढाँचा, एकभन्दा बढी लगानीकर्ताको हकमा साझेदारी सम्झौतापत्र समेत उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ ।

त्यतिमात्र नभएर सेवा सञ्चालनको लागि आवश्यक पर्ने उपकरणको गुणस्तर, मोडल नम्बर, निर्माताको नाम, निर्माण गरिने मुलुकको विवरण, जडान हुने स्थानको बारेमा जनाकारी गराउनु पर्नेछ ।

पछिल्लो समय सेवाप्रदायकको लाईसेन्स लिने र शर्तअनुसार काम गर्न नसकेपछि यस्तो व्यवस्था गरिएको हो । हालसम्म जुनसुकै क्षमताका कम्पनी, व्यक्तिले ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स लिने प्रावधान रहेनि अब यसको अन्त्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL