Logo

लकडाउनमा मनोरञ्जनात्मक कन्टेन्टको प्रयोग ह्वात्तै बढ्यो, नेपालमा ईन्टरनेट व्याण्डविथको खपत ३५ प्रतिशतले बढ्यो

लकडाउनमा मनोरञ्जनात्मक कन्टेन्टको प्रयोग ह्वात्तै बढ्यो, नेपालमा ईन्टरनेट व्याण्डविथको खपत ३५ प्रतिशतले बढ्यो



काठमाडौं । लकडाउनको समयमा विश्वभर ईन्टरनेटमा उपलब्ध कन्टेन्टमध्ये मनोरन्जनका सामग्री बढी हेरेको पाईएको छ । पछिल्लो समय धेरैजसो मानिसहरु घरमै बसिरहेका कारण मनोरन्जनका सामग्रीमा बढी ब्याण्डवीथ खपत भएको अध्ययनले देखाएको छ ।

लकडाउन अवधिअघि सामान्य अवस्थामा चलिरहेका टिकटक, नेटफ्लीक्स, गेमिङलगायतका कन्टेन्टमा मानिसहरु कढी झुम्मिएको नेपाल नेटवर्क अपरेटर्स ग्रुपका अध्यक्ष समित जन थिङले जानकारी दिए ।

उनका अनुसार लकडाउनको अवधिमा विश्वमा टिकटकको प्रयोग शतप्रतिशत बढेको छ । यस्तै गेमिङ तथा नेटफ्ल्क्सिका प्रयोगकर्ता पनि शतप्रतिशत नै बढेका छन् । यस्तै फेरबुक र गुगलको प्रयोग भने लकडाउनमा क्रमशः १७ र १२ प्रतिशतले बढेको छ ।

फुर्सदिला प्रयोगकर्ता भएका कारण मनोरन्जनमा बढीडाटा खपत भएको थीङले जानकारी दिए । उनका अनुसार नेपालमा भने लकडाउनको अवधिमा ईन्टरनेट व्याण्डविथको खपत ३५ प्रतिशतले बढेको छ । जसमा सबैभन्दा बढी नेटफ्ल्क्सिको प्रयोग मात्रै १ सय १२ प्रतिशतले बढेको छ भने फेसबुकको प्रयोग २२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL