Logo

एनभिडिया र मर्सिडिज मिलेर अहिलेसम्मकै उन्नत प्रविधियुक्त कार बनाउने, अटोमोबाइल क्षेत्रमै क्रान्तिको घोषणा

एनभिडिया र मर्सिडिज मिलेर अहिलेसम्मकै उन्नत प्रविधियुक्त कार बनाउने, अटोमोबाइल क्षेत्रमै क्रान्तिको घोषणा



काठमाडौं । एनभिडिया र मर्सिडिज बेन्ज मिलेर अहिलेसम्मैक उन्नत प्रविधियुक्त कार निर्माण गर्ने भएका छन् । जसको पहिलो चरणमा यि दुई कम्पनीले संयुक्त रुपमा कार ड्राईभ सफ्टवेयरको निर्माणको घोषण गरेका छन् ।

बुधबार गरिएको संयुक्त प्रेस भेलामा दुवै कम्पनीले संयुक्त रुपमा नयाँ संस्करणको कार ड्राईभ सिस्टम निर्माण गर्ने घोषणा गरेका हुन । यी दुई कम्पनीले सन २०२४ सम्ममा भेहिकल कम्प्युटिङ सिस्टममा अहिलेसम्मकै उन्नत प्रविधि भित्र्याउने घोषणा गरेका हुन् । अटोमोबाईल क्षेत्रमा हालसम्म नभएको वा निकै अत्याधुनिक प्रविधिको विकास गर्ने सो घोषणामा उल्लेख छ ।

उक्त प्रविधिमार्फत कुनै पनि सवारीसाधनलाई मानव बिनै लेभल २, ३ र ४ अर्थात पार्किङमा समेत आफै स्वचालित गर्न सकिनेछ । जुन टेस्लाको अटामेटिक गाडीभन्दा पनि अत्याधुनिक हुने एनभिडियाले जारी गरेको प्रेस विज्ञप्तिमा बताईएको छ । यो कारको विकासपछि अवस्था भयावह भएको बेलामा पनि मानिसको आवश्यकता अनुसार कारहरु सरल रुपमा सडकमा चलाउन सकिने छ ।

एनभिडियाको ड्राईभ प्लाटफर्मयुक्त गाडीमा सुरक्षाको कुनै चुनौतीसमेत नहुने विज्ञप्तिमा बताईएको छ । यस्तै गाडीको प्रत्येक सेकेन्डको अवस्थाको बारेमा नियमन गर्ने मानिसकहाँ उक्त कारको सूचना समेत पुग्ने बताईएको छ । अब मर्सिडिज बेन्जले बनाउने हरेक कारमा एनभिडियाको ड्राईभ सिस्टमको प्रयोग गरिनेछ ।

एनभिडियाले यो ड्राईभ प्लेटफर्ममा आधारित प्रणालीबाट ‘ एयर टु एयर नियमित मार्गको ड्राइभिङ स्वचालित गर्न सक्षम हुनेछ । यद्यपि, सबै भन्दा चाखलाग्दो यसमा भविष्यका लागि सुविधाहरू अपग्रेड हुनेछन् । जस्तो यो प्रणालीमा ओभर–एयर अपडेट हुनेछ, जुन ग्राहकलाई टाढा रहँदा पनि सुरक्षा, सफ्टवेयर अपडेटहरु र सेवाहरू स्थापना गर्न सक्षम हुनेछ । यो टेस्लाको अटोपायलट अपग्रेडसँग समान छ ।

‘हामी मर्सिडिज बेन्जसँग काम गर्न उत्साहित छौं,’ एनभिडियाका संस्थापक सीईओ जेन्सेन होबलन्गले भने –‘सँगै, हामी कार स्वामित्वको अनुभवमा क्रान्ति ल्याइरहेका छौं, सवारी सफ्टवेयरलाई प्रोग्राम योग्य हुन र ओभर द एयर अपडेटमार्फत लगातार अपग्रेड गर्न अनुमति दिइरहेका छौं । एनभिडिया ड्राईभ प्रणाली भविष्यमा मर्सिडिज बेञ्ज विशेषज्ञ एआई र सफ्टवेयर इञ्जिनियरहरूको टोलीसँगै आउनेछ जसले आफ्नो जीवनकालमा कारलाई निरन्तर विकास, परिष्कृत र अपग्रेड गर्नेछ ।’ मर्सिडिज बेञ्ज लक्जरी कारको दुनियाँमा सबैभन्दा पुरानो र प्रतिष्ठित कम्पनीको रुपमा चिनिन्छ भने एनभिडिया सफ्टवेयर निर्माणमा ख्याति कमाएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL