Logo

एनसेलले सरकारलाई तिर्याे १ अर्ब २२ करोड रुपैयाँ कर

एनसेलले सरकारलाई तिर्याे १ अर्ब २२ करोड रुपैयाँ कर



काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रुपैयाँ कर तिरेको छ । आइतवार उसले सरकारलाई कर तिरेको हो ।

बन्दाबन्दीको समयमा असार ७ गतेसम्ममा कर तिर्न सरकारले ताकेता गरेपनि सर्वोच्च अदालतले लकडाउन सकिएको एक महिनाभित्रमा कर तिरे हुने बताएको छ ।

यद्यपी यस अवधिमा करदाताहरूले स्वस्फूर्त रुपमा कर भुक्तानी गरिरहेका छन् । एनसेलले पनि बन्दाबन्दीको समयमा सरकारलाई सहयोग पुग्ने भन्दै कर भुक्तानी गरेको हो ।

कर तिर्ने विषयमा शुरूमा विवाद उत्पन्न भएपनि विस्तारै कर असुली हुन थालेको हो । एनसेलसँगै अन्य ठूला करदाताहरूले पनि स्वस्फुर्त रुपमा कर तिर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL