Logo

लकडाउनमा टेलिकमको छुट : विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा

लकडाउनमा टेलिकमको छुट : विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा



काठमाडौं । कोरोना भाईरसले निम्त्याएको लकडाउनमा नेपाल टेलिकमले पनि अफ्ना गा्राहकहरुलाई विभिन्न सेवामा छुट दिने घोषणा गरेको छ । टेलिकमले मंगलबार एक सूचना जारी गर्दै आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको हो । यस्तै टेलिकमले कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुने जानकारी दिएको छ ।

laxmi

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुने समेत टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको समेत टेलिकमले जानकारी दिएको छ ।

यसैगरी कम्पनीले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने छ ।

लकडाउनको अवधिमा कम्पनीका भ्वाइस र डाटा सेवाप्रति ग्राहकहरुको आकर्षण र सोही अनुसार उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको अवस्थामा सो सेवाको गुनासो व्यवस्थापनबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL