Logo

लकडाउनमा पोर्न साईट हेर्ने नेपाली बढे, घरभित्रै थुनिएर बस्दा झुम्मिए युट्युवमा

लकडाउनमा पोर्न साईट हेर्ने नेपाली बढे, घरभित्रै थुनिएर बस्दा झुम्मिए युट्युवमा



काठमाडौं । सरकारले नेपालमा अश्लिल साईटहरुमा प्रतिवन्ध लगाएपनि ४१ प्रतिशत बढीले यस्ता साईट हेरिरहेको पाईएको छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित पार्ने ध्येयसहित स्थापित गैरसरकारी संस्था चाईल्डसेफनेटले लकडाउनका अवधिमा गरेको एक सर्वेक्षणमा यस्तो पत्ता लागेको हो । चाईल्डसेफनेटका अनुसार लकडाउन अवधिभर विभिन्न १ हजार २ सय जना ईन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त अध्ययनमा ४१ प्रतिशत बढीले यस्ता साईटहरु हेर्ने गरेको बताएका हुन ।

laxmi

चाईल्डसेफनटले सरकारले लकडाउन घोषणा गरिसकेपछि यसको प्रयोगकर्ता पनि सोही अनुसार बढेको सन्दर्भमा ईन्टरनेट सुरक्षा स्थिति बुझ्नका लागि उक्त सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा बैशाख ५ गतेदेखि ९ गतेसम्मका उत्तर समोवश गरिएको छ।

कोभिड–१९ महामारीका कारण नेपाल सरकारले २०७६ चैत ११ गते देखि नेपालमा राष्ट्रव्यापि लकडाउन लागू गरेको छ । परिणामस्वरूप विद्यालय, कलेज तथा कार्यालयहरू बन्द भएपछि मानिसहरू घरभित्रै बसीरहेका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२ दशमलव १६ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५ दशमलव ३० प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् ।

नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल फेसबूक हो । यसको सक्रिय प्रयोगकर्ता १ करोड १० लाख छन् । फेसबूक प्रयोगकर्ताहरूको सङ्ख्या, विशेषगरी युवा उमेर समूहबीच, विश्वव्यापि रुपमा र नेपालमा घटेको छ । चाईल्डसेफनेटका अनुसार यस अवधिमा फेसबुकभन्दा पनि युट्युव चलाउनेको संख्यामा वृद्धि भएको छ । लकडाउनमा युट्युवमा झुम्मिनेहरुको संख्यामा वृद्धि भएको चाईल्डसेफनेटले जनाएको छ ।

यस्तै सर्वेक्षणमा बालबालिका तथा युवा वर्ग इण्टरनेट दुर्व्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी जोखिमप्रति उच्च रुपमा संवेदनशील हुनसक्ने समेत औंल्याईएको छ । चाईल्डसेफनेटले वयस्क सामग्रीबाट बालबालिका तथा किशोरकिशोरीलाई बचाउनुपर्नेमा समेत जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL