Logo

नेपाल टेलिकमको सिममार्फत अब शुन्य ब्यालेन्समै सेवा लिन सकिने, यस्तो छ योजना

नेपाल टेलिकमको सिममार्फत अब शुन्य ब्यालेन्समै सेवा लिन सकिने, यस्तो छ योजना



काठमाडौं । नेपाल टेलिकमको सिममा शून्य ब्यालेन्स भए पनि भ्वाइस्, एसएमएस तथा इन्टरनेट सुविधा प्रयोग गर्न पाइने भएको छ । टेलिकमले सोमबार रातिदेखि लागु हुनेगरी अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाको पहलमा झन्डै दुई लाखभन्दा बढी सिम प्रयोगकर्तालाई निशुल्क सेवा दिने भएको हो ।

सोमबार राति १२ बजेदेखि लागु हुने उक्त योजना अन्तर्गत जिरो ब्यालेन्स भएको अवस्थामा उपभोक्ताले नेपाल टेलिकमको नेटवर्कभित्रै २५ वटा एसएमएस पठाउन सक्नेछन् भने ५० मिनेट टेलिफोन कुरा गर्न पाउनेछन् । यसैगरी १ सय एमबी डाटा पनि प्रयोग गर्न पाउनेछन् । उल्लेखित प्याकेजको अवधि ७ दिनको हुनेछ ।

सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध गराइनेछ । प्याकेजको प्राप्त गर्ने ग्राहकलाई टेलिकमले एसएमएसमार्फत् जानकारी गराउनेछ । कम्पनीले एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत् पठाएर प्याकेज लिन सकिने व्यवस्था गरेको छ । सूचना प्रविधिमन्त्री खतिवडाको सचिवालयले जानकारी गराएअनुसार प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराईने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL