Logo

एनसेलको डाटा र एसएमएस सेवा अब लोनमा पाइने, यस्तो छ प्रक्रिया

एनसेलको डाटा र एसएमएस सेवा अब लोनमा पाइने, यस्तो छ प्रक्रिया



काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्वनै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नव वर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो ।

डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहित मात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याक अन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।

आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ ।

ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स७७ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वत काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।

कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL