Logo

कोरोनाभाइरस पहिचानमा विश्वकै दुई ठूला प्रविधि कम्पनी एकसाथ, सिस्टम निमार्ण गर्न जुटे गुगल र एप्पल

कोरोनाभाइरस पहिचानमा विश्वकै दुई ठूला प्रविधि कम्पनी एकसाथ, सिस्टम निमार्ण गर्न जुटे गुगल र एप्पल



काठमाडौं । कोरोनाभाइरसको पहिचान गर्ने सिस्टम संयुक्त रुपमा निमार्ण गर्न सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएका विश्वका चर्चित २ ठूला प्रविधि कम्पनी गुगल र एप्पलले काम थालेका छन् ।

laxmi

कोभिड १९ ट्रयाकिङ सिस्टम निर्माणमा यी दुइ कम्पनीले काम थालेका हुन् । यिनीहरुले निर्माण गर्ने सिष्टम एन्ड्रोइड र आइओएस डिभाइसमा सर्पोट गर्ने खालको हुनेछ । यी दुइ कम्पनी एक अर्काको प्रतिस्पर्धि भएपनि विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि एक भएर काम गर्ने भएका हुन ।

यी कम्पनीहरुले विकास गर्ने कोरोना भाइरस पहिचान प्रणालीको गोपनियता संरक्षण गर्दै आगामी केही दिनमा एन्ड्रोइड र आइओएस दुबै खालका डिभाइसमा प्रयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । यसमा कन्ट्राक्ट ट्रेसिङ र यूजर प्राइभेसी गरी दुइ मूख्य शब्दावली हुनेछ । परम्परागत भन्दा पनि प्रविधिमा आधारीत कोरोना भाइरस ट्रयाकिङ विधिमा एप, ब्लुटुथको माध्यमवाट पुर्ण रुपमा अज्ञात दृष्टिकोण मार्फत विकास गर्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकार तथा स्वास्थ संस्थालाई सहयोग गर्ने उद्देश्यले संयुक्त रुपमा काम गर्न लागेको बताइएको छ । यसरी विकास गरिएको प्रविधिमा यूजर गोपनीयता र सुरक्षाका सन्दर्भमा मुख्य ध्यान दिइने डिजाइन गरिनेछ ।

दुबै कम्पनीको संयूक्त बक्तव्य अनुसार तत्कालको आवश्यकतालाइ ध्यानमा राख्दै यस योजनाले दुइ चरणमा समस्याको समाधान गर्ने उपायहरु कार्यान्वयन गर्ने छ, यसमा प्रयोगकर्ताको गोपनियतालाइ विषेश सुरक्षामा राखेर काम गर्नुपर्ने हून्छ ।

कन्ट्रयाक्ट टे«सिङले कोरोना भाइरस फैलनवाट नियन्त्रण गर्न मद्दत गर्छ । यसलाइ प्रयोगकर्ताको गोपनीयतालाइ सम्झौता नगरी पनि गर्न सकिन्छ । यो सिस्टमले छोटो दुरीको ब्लुटथ मार्फत लो इनर्जी प्रसारण गर्ने खालको उपकरण हुनेछ ।

यो एप सम्बन्धित स्वस्थ निकायहरुवाट स्विकृत हुनु पर्नेछ । यसले हटस्पट मार्फत वरिपरि कोरोना भाइरस भए नभएको पत्ता लगाउने छ । यसले अन्य मानिसलाइ कोरोना भाइरस लागेको व्यक्तिवाट पनि टाढा राख्न मद्दत गर्नेछ । यसमा पनि कोरोना पत्ता लगाउने अन्य साधानहरुमा जस्तै बेल र ह्विसेलको प्रयोग हुनेछ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL