Logo

घरमा बस्दा ईन्टरनेट स्लो भयो ? यसरी बढाउनुहोस स्पिड

घरमा बस्दा ईन्टरनेट स्लो भयो ? यसरी बढाउनुहोस स्पिड



काठमाडौं । कोरोनाको महामारीका कारण विश्वको एक चौथाइ जनसंख्या हाल लकडाउनको चपेटामा छ । तीमध्ये प्रायजसो मानिसहरु घरमै ईन्टरनेटमार्फत काम गरिरहेका छन ।

laxmi

यस्तै केही मानिसहरु ईन्टरनेटमार्फत आफ्ना परिवार र साथिहरुको पहँुचमा छन भने केहीले ईन्टरनेटमा विभिन्न मुभीहरु हेरेर समय विताउँछन । विश्वमा नै ईन्टरनेट ब्रोडब्याण्डको माग बढेपछि उपभोक्ताहरुले ईन्टरनेटको गतिमा कमि आएको महशुस गरे । यसले गर्दा कम्प्युटरमा मात्रै नभई केही साना डिभाईसमा पनि ईन्टरनेको गति कम भएको महशुस भएको छ ।

हालैको हप्ता ईन्टरनेट सेवाप्रदायकहरुले पनि ईन्टरनेटको माग ह्वात्तै बढिरहेको बताउँदै आएका छन । बेलायतको सबैभन्दा ठुलो ईन्टरनेट सेवाप्रदायकले ईन्टरनेटको माग २० प्रतिशतले बढेको बताएको छ भने भोडाफोनले विश्वमा ईन्टरनेट ब्याण्डविथको खपत ५० प्रतिशतले बढेको बताएको छ ।

घरमा भने ईन्टरनेटको ब्याण्डविथमा कमी आउनु फरक विषय हो । धेरै मानिसहरुले एकैचोटी हाई क्वालिटिको भिडियो वा भिडियो गेम खेल्न थाले भने वाईफाई नेटवर्कमा ओभरलोड पर्छ र त्यसको असर तपाईँको घरको वाईफाई नेटवर्कमा पनि पर्छ ।

तर यसका केही समाधानहरु सामान्य छन भने केही समस्याहरु जटिल पनि हुन्छन । तपाईँले ईन्टरनेटमार्फत कुनै फिल्म हेर्नको सट्टा डाउनलोड गर्नुभयो भने यसले व्याण्डविथमा धेरै कम खपत हुन सहयोग गर्छ । यस्तै केही उपायहरु भने अच्चम्म लाग्दा पनि हुन्छन जस्तै तपाईँले आफ्नो घरको ईन्टरनेट व्याण्डविथ बढाउन माईक्रोवेभ ओभन तथा टीभी बन्द गर्न पनि सक्नुहुन्छ ।

बेलायतस्थित मिडिया प्राधिकरणका अनुसार माईक्रोवेभ ओभनले वाईफाईको सिग्नलमा ठुलो असर पार्छ । त्यसैले तपाईँले भिडियो कल गर्दा तथा एजडी मुभी हेर्दा माईक्रोवेभ ओभन र टेलिभिजन बन्द गर्नुपर्छ ।

माईक्रोवेभ ओभनमा वाईफाई राउटरले जत्तिकै २ दशमलव ४ गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुन्छ । त्यसैले यसले कहिलेकाहीँ तपाईँको ईन्टरनेट नै बन्द गर्न सक्ने क्षमता राख्छ । तर केही राउटरहरु भने ५ गिगाहर्जसम्म अपग्रेड गर्न सकिने खालका हुन्छन माईक्रोसफ्टले यस्ता राउटर प्रयोग गर्न अनुरोध गरेको छ ।

हाल धेरैभन्दा धेरै मानिसहरुले ईथ्रार्नेट र वाईफाई एकैचोटी चलाईरहेका छन । फोन, मोनिटर, बत्ति, कम्प्युटरो स्पिकर, टीभी लगायतका डिभाईसहरुले वाईफाई ईन्टरनेटमा केही बाधा अवरोध गरिदिन्छन ।

यस्तै तपाईको घरमा भएका फोन र ट्याब्लेटले वाईफाई नेटवर्कमा कमी ल्याउन सघाउँछन तपाईँले यस्ता डिभाईसहरु अफ गरेर पनि आफ्नो कम्प्युटरमा वाईफाईको स्पिड बढाउन सक्नुहुन्छ । यस्तै तपाईँको घरमा भएको ल्याण्डलाईन फोनले समेत वाईफाई नेटवर्कमा केही हदसम्म अवरोध सिर्जना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL