Logo

डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न ‘आईएमई पे’को ४ नयाँ योजना, वालेटमा ब्याजदेखि क्यासव्याक सम्म

डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न ‘आईएमई पे’को ४ नयाँ योजना, वालेटमा ब्याजदेखि क्यासव्याक सम्म



काठमाडौं । डिजिटल कारोबारलाई प्रशय दिने उद्देश्य अनुरुप आईएमई पेले नयाँ योजना सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई फाईदा पुग्ने उद्धेष्यले आफ्नो वालेटमा ब्याज, क्यास व्याकलगायतका सुविधा ल्याएको हो । महामारीका प्रकोपका बेला ग्राहकलाई सुविधा पुग्ने र सोही अनुसार डिजिटल भुक्तानीका सबैको ध्यान केन्द्रित गर्न उक्त योजनाहरु ल्याएको कम्पनीले जानकारी दिएको छ ।

‘आइएमई पे’ ले ल्याएको मोबाइल वालेटका यस्ता छन् ४ सुविधा ।

वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा

आइएमई पे ले कोरोना प्रकोपको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुका लागि चार गुण सशक्त नामक योजना सार्वजनिक गरेका हो । उक्त योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ग्राहकहरुले ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा १ हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ ।

यस्तै अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सकेत सकिने कम्पनीले जानकारी दिएको छ ।

साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ ।

बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।

टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा

यस्तै कम्पनीले ल्याएको यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।

५०० रिवार्ड पोइन्टस्को सुविधा

यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा ः–

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL