Logo

कोरानामा ग्राहकलाई एनसेलको साथ, रिचार्ज गर्दा १२० प्रतिशत बोनस ब्यालेन्स

कोरानामा ग्राहकलाई एनसेलको साथ, रिचार्ज गर्दा १२० प्रतिशत बोनस ब्यालेन्स



काठमाडौं । दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा १२० प्रतिशत बोनस अफर ल्याएको छ एनसेलले आफ्ना सबै ग्राहकहरुका लागि आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने गरी नयाँ योजना सार्वजनिक गरेको हो ।

एनसेलले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको जानकारी दिएको छ । साथै कम्पनीले यस संकटको अवस्थामाएनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवाप्रदायकको रुपमाआफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्ने जानकारी दिएको छ ।

ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउनप्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्तगर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्यहुनेछ ।

हालको विपद्को परिस्थितीलाई मध्यनजर गदैं बुधबार मात्र एनसेलले निःशुल्कब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्मएनसेल सापटी लिन सकिने व्यवस्था समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL