Logo

नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक, यस्ता छन विशेषता

नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक, यस्ता छन विशेषता



काठमाडौं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ ।

वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिने टेलिकमले जानकारी दिएको छ । जम्मा २० रुपैयाँमै उक्त प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने टेलिकमको भनाई छ ।

यसका लागि सिधै 14158# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ ।

‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि उक्त प्याक निकै उपयोगी छ ।

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि 14153# मा र ७ रातका लागि लिन 14153#2 मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL