Logo

कोरोनाबाट बच्न गुगलको डुडल सामग्री, हेर्नुहोस भिडियो सहित

कोरोनाबाट बच्न गुगलको डुडल सामग्री, हेर्नुहोस भिडियो सहित



काठमाडौं । गूगलले कोभिड–१९ को संक्रमण रोकथामको लागि सचेतनामूलक डूडल सामग्री सर्च इन्जिनमा राखेको छ ।

laxmi

हंगेरीयन चिकित्सक डा. ईग्नाज सेमेलवेइसद्वारा प्रतिवादित हातधुने सिद्धान्तलाई गूगलले डूडलमा राखेको भिडियो सामग्रीमा कोभिड–१९ संक्रमणबाट बच्न सही तरिकाले हात धुन सिकाइएको छ ।

गुगलको आफ्नो होमपेजमा रहेको लोगो अस्थायी रुपमा परिवर्तन गर्दै विश्व महामारी विरुद्ध सचेतना फैलाइरहेको छ । डूडलमा राखिएको ५० सेकेण्ड लामो भिडियोमा हात धुने तरिकालाई ६ चरणमा देखाइएको छ ।

यसको सहि प्रयोगको लागि ब्राउजरको अड्रेसबारमा गएर गूगल डटकम ब्राउज गरेपछि सर्चपेजको होममा डूडलको ‘प्ले’ बटनमा क्लिक गरेर भिडियो हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL