Logo

अब भ्वाईस र डाटाको गुणस्तर आफै जाँच गर्न सकिने, प्राधिकरणले सार्वजनिक गर्यो दुई नयाँ सेवा

अब भ्वाईस र डाटाको गुणस्तर आफै जाँच गर्न सकिने, प्राधिकरणले सार्वजनिक गर्यो दुई नयाँ सेवा



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सेवाग्राहीले नै आफै भ्वाईस तथा डाटा सेवाको गुणस्तर जाँच गर्न सक्ने मोबाईल एप र सेवा सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो २२ औं बार्षिकोत्सवको अवसरमा मंगलबार एनटीए कल एप र स्पिडटेस्ट डट एनटीए डट जिओभी डट एनपी सार्वजनिक गरेको हो ।

यी दुई सेवा मंगलबार अर्थ, संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन । उक्त २ सेवामध्ये एउटाले कुनैपनि सेवाप्रदायकको भ्वाईस कलको गुणस्तर मापन गर्नेछ भने अर्काेले डाटा सेवाको गुणस्तर जााच गर्नेछ ।

प्राधिकरणले सार्वजनिक गरेको एनटीए कल एपले सेवाग्राहीले कल भ्वाईसको गुणस्तर कस्तो भयो भन्ने बारे विश्लेषण गर्न सक्नेछन र तुरुन्त उक्त एपमार्फत प्रतिक्रिया समेत दिन सक्नेछन । उक्त एपमार्फत कल गुणस्तरको रेटिङसमेत सेवाग्राीले गर्न सक्नेछन र सोही अनुसार तत्काल एपमार्फत प्रतिक्रिया दिन सक्नेछन ।

यस्तै मंगलबार सार्वजनिक गरिएको डाटा स्पिड टेस्ट सेवाले पनि सेवाग्राहीले उपयोग गरिरहेको डाटाको गुणस्तर मापन गर्नेछ । जसको मद्दतबाट सेवाप्रदायले सेवाग्राहीलाई दिएको व्यण्डविथ अनुसारको सेवा दिएका छन की छैनन पत्ता लगाईेनछ ।

मंगलबार सफ्ट लन्च गरिएका २ सेवाको आगामी केहि दिनमा सर्वसाधारणले उपयोग गर्न सक्ने गरी सार्वजनिक गर्ने प्राधिकरणको अध्यक्षा पुरुषोत्तम खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL