Logo

टेलिकमको धेरैपटक डाटाप्याक लिनुपर्ने झन्झट अन्त्य, लार्ज डाटा प्याक सार्वजनिक

टेलिकमको धेरैपटक डाटाप्याक लिनुपर्ने झन्झट अन्त्य, लार्ज डाटा प्याक सार्वजनिक



काठमाडौं । नेपाल टेलिकमले एकैपटक धेरै डाटा प्रयोग गर्न पाईनेगरी लार्ज डाटा प्याक सुविधा सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुका लागि पटकपटक धेरै डाटा लिने झन्झटबाट मुक्त गर्नका लागि उक्त सुविधासहितको प्याकेज ल्याएको हो ।

टेलिकमका अनुुसार उक्त प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।

कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ ।

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL