Logo

असुसको ल्यापटप नेपाली बजारमा, मूल्य १ लाख देखि ३ लाख ६५ हजार सम्म

असुसको ल्यापटप नेपाली बजारमा, मूल्य १ लाख देखि ३ लाख ६५ हजार सम्म



काठमाडौं । ल्यापटपको दुनियाँमा असुसले नेपाली बजारमा नयाँ ल्यापटप भित्र्याएको छ । असुसले जेनबुक प्रो डुओ र जेनबुक डुओ ल्यापटप नेपाली बजारमा भित्र्याएको हो । जसको बजार मूल्य १ लाख रुपैयाँदेखि ३ लाख ६५ हजार रुपैयाँ सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

असुसले बजारमा ल्याएको उक्त ल्यापटपमा दि फ्यूचर अफ कम्युटिङ्को रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ता, श्रृजनात्मक माभेरिक्स, निर्माता, सम्पादक, गेमरहरुलगायतका प्रयोगकर्ताहरुलाई असुसको पछिल्लो जेनबुक श्रृंखलाले अधिक क्षमताहरु हासिल गर्न अनुमति प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रिय विशेषताहरु पनि ल्याउने कम्पनीको दाबी रहेको छ । यसमा नयाँ स्क्रीनप्याड २ दशमलब ० को लन्च समावेश रहेको छ । जेनबुक १४/१५ सहित ब्राण्डको भविश्यको लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप समेत उपलब्ध रहेको छ ।

असुसले ल्याएको उक्त ल्यापटपहरुमा इनपुटका लागि कीबोर्ड र सेकेण्डरी टचस्क्रीनसहितको रहेको छ । कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४ के आसुस स्क्रीनप्याड प्लस रहेको छ । जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ काम गर्ने कम्पनीले जानकारी दिएको छ ।

असुसले बजारमा ल्याएको उक्त ल्यापटपमा स्क्रीनप्याड प्लसको कार्यशैलीलाई उच्चतम र पर्सनलाइज गर्नका लागि फुल वाइड ४ के आसुस स्क्रीनप्याड प्लस रहेको छ । जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी एचडीआर टचस्क्रीनको काम गर्नेछ । जेनबुक डुओ फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस का साथमा आउने कम्पनीले जानकारी दिएका छन ।

एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोलहरु समेत रहेको छ । जसले असुस जेनबुक प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लसको बिचमा अन्यतक्रिया गर्न सहयोग गर्नेछ । जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट ३ यूएसबी टाइप सी पोर्टका साथमा डोङ्गलफ्री कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाईफाई ६ ले वायरलेस स्पीडलाई नयाँ उचाईमा पुर्याउँछ । जसमा दुईवटा यूएसबी ३.१ जेनेरेशन २ वटा यूएसबी टाइप सी पोर्टहरु छन । जसले ४ के डिप्लेलाई १० जीबीपिएससम्मको डाटा ट्रान्सफर स्पीड उपलब्ध गराउँछ ।

जेनबुक १३ मा इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स एमएक्स २५० ग्राफिक्स, १६ जीबी र्याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेको छ । नयाँ असुस जेनबुक १४ र जेनबुक १५ ले भने पातलो, हलुका र कम्प्याक्ट ल्यापटपहरुको प्रतिबिम्ब झल्काउँछ । जसको ४ कुनामा फ्रेमलेस ननोएज डिस्प्ले छ जसले अल्ट्रास्लिम बेजेल्स प्रदान गर्दछ । यसले गर्दा स्क्रीन टू बडि रेसियो ९५ प्रतिशतसम्म रहेको छ ।

पछिल्लो सिरिजहरुमा सबैभन्दा नयाँ १० औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स जीटिएक्स १६५० म्याक्स क्यू ग्राफीक्स (जेनबुक १५) अथवा जीफोर्स एमएक्स २५० (जेनबुक १३ र १४) १६ जीबी र्याम, अल्ट्रा फास्ट १ टिबीको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेको छ ।

यो ल्यापटपको बजार मूल्य भने जेनबुक प्रो डुओको ३ लाख ६५ हजार र जेनबुक डुओको २ लाख ५ हजार रुपैयाँ रहेको छ । त्यसतै जेनबुक १५ को १ लाख २४ हजार ९ सय ९० रुपैयाँ र जेनबुक १४ को बजार मूल्य १ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार यि ल्यापटपहरु माघ २६ गतेदेखि प्रमुख कम्यूटर स्टोर, दराज डटकम, सस्तो डिल डटकम र नागमणी डटकम डटएनपीमा उपलब्ध रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL