Logo

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, डाटादेखि भ्वाईस प्याकमा अफरैअफर

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, डाटादेखि भ्वाईस प्याकमा अफरैअफर



काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अफर यही माघ २२ गतेदेखि सुरु भई आगामी चैत ३० गतेसम्म रहने छ । यस भन्दा पहिले कम्पनीले उपलब्ध गराएको अटम अफर अन्तरगतका सेवाहरुमा समेत थप सुविधा सहित नयाँ प्याकेज उपलब्ध गराएर विन्टर अफर ल्याएको टेलिकमले जानकारी दिएको छ । कम्पनीले ल्याएको उक्त अफर जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा प्रयोग गर्न सक्नेछन ।

टेलिकमले ल्याएको अफरमा अल टाइम डाटा प्याक अन्तरगत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । जसमा ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यसको अवधि भने १ दिन देखि २८ दिनसम्म हुनेछ । डे डाटा प्याक अफर भने बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । डे प्याकमा १५ रुपैयाँमा २ सय एमबी डाटा र १० रुपैयाँमा ८० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ ।

त्यसतै नाइट डाटा प्याकमा बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने छ । जस अन्तरगत १२ रुपैयाँमा ४ सय एमबी र अनलिमिटेड नाइट डाटा प्याक अन्तरगत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक, बिग डाटा प्याकलगायतका अपर रहेका छन । जस अन्तरगत ग्राहकले १० रुपैयाँको भ्वाईस प्याकदेखि ३ सय रुपैयाँको ६ सय २० मिनेट र १० रुपैयाँमा ७० एमबी डाटादेखि ३ हजार रुपैयाँमा ६० जीबी डाटा प्याकसम्म रहेको छ ।

उक्त प्याकहरुमार्फत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर युटुब चलाउन सक्नेछन । टेलिकमका ग्राहकले उक्त सेवा सुचारु गर्न भने *1415# मा डायल गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट समेत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL