Logo

एनसेलको ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक, १ सय रुपैयाँमा ७ सय मिनेट बोल्न पाउने

एनसेलको ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक, १ सय रुपैयाँमा ७ सय मिनेट बोल्न पाउने



काठमाडौं । नीजि क्षेत्रका दुरसंचार प्रदायक कम्पनी एनसेलले ‘भ्यालेन्टाईन अफर’ सार्वजनिक गरेको छ । कम्पनीले सबै प्रिपेड ग्राहकलाई भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्न उक्त अफर सार्वजनिक गरेको हो ।

नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तरगत ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो । अफर अन्तरगत ग्राहकले १ सय (कर सहित १२७ दशमलब ६९) रुपैयाँमा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि ३ महिना सम्मका लागि संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तरगत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL