Logo

यी हुन् सन २०१९ मा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका मोबाइल एप्सहरु, फेसबुक चौथो स्थानमा

यी हुन् सन २०१९ मा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका मोबाइल एप्सहरु, फेसबुक चौथो स्थानमा



काठमाडौं । विश्वमा मोबाईलको बढ्दो प्रयोगका कारण यसमा प्रयोग हुने एप्सहरुको पनि उत्तिकै चर्चा हुने गर्छ । एक अनुसन्धानका अनुसार एक मोबाईल एप्सले पनि सम्बन्धित देशको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको हुन्छ ।

laxmi

अनुसन्धानका अनुसार सन २०२१ सम्ममा मोबाईल एप्सको विश्व अर्थतन्त्र ६ दशमलव ३ ट्रिलियन पुग्ने अनुमान गरिएको छ । उक्त अनुसन्धान प्रतिवेदनले सन २०१९ मा धेरै डाउनलोड गरिएका उच्च २० ओटा एप्सको सूची सार्वजनिक गरेको छ ।

प्रतिवेदनका अनुसार सन २०१९ मा एप्स डाउनलोड १ सय १५ विलियनले बढेको छ । प्रतिवेदन अनुसार उक्त अवधिमा एप स्टोरबाट ३१ विलियन डाउनलोड र गुगल प्लेबाट ८४ विलियन पटक एप्सहरु डाउनलोड भएका छन ।

सबैभन्दा प्रख्यात मानिएको सामाजिक संजाल फेसबुक भने धेरै डाउनलोड हुने ५ एप्समध्ये चौथो स्थानमा परेको छ । पछिल्लो ४ बर्षमा ह्वाट्एपले भने धेरै डाउनलोड हुने एप्सको पहिलो स्थान जमाईरहेको छ । सन २०१९ भर ह्वाट्एप मात्रै १६ विलियन पटक डाउनलोड भएको छ ।

यस्तै भिडियो क्याटागोरीको एप्स लाईकी भने यसै बर्षदेखि धेरै डाउनलोड हुने एप्सको सूचीमा प्रवेश गरेको हो । सन २०१९ मा लाईकी एप्स धेरै डाउनलोड हुने एप्सको छैठौ स्थानमा परेको छ । यस्तै यो सूचीमा सन २०१८ मा प्रवेश गरेको टिकटकले भने ह्वाट्एपलाई टक्कर दिएर दोस्रो स्थानमा पुगेको छ ।

टिकटकले सन २०१९ मा मात्रै १ सय ११ मिलियन डलर आर्जन गरेको छ । जुन सन २०१८ को यसको कमाईको तुलनामा ५ गुणा बढी हो । यस्तै सन २०१९ मा म्यासेन्जर एप्स भने धेरै डाउनलोड हुने एप्सको तेस्रो र ईन्स्टाग्राम पाँचौ स्थानमा परेका छन् । भारतमा मात्रै सन २०१९ मा विभिन्न एप्सहरु ५ अर्बपटक डाउनलोड भएका छन । जुन अमेरिकाको तुलनामा २ अर्बले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL