Logo

सन् २०२० फाइभजी स्मार्टफोनको, १ अर्ब पर्सनल कम्प्युटरहरु विन्डोज १० मा सिफ्ट हुने

सन् २०२० फाइभजी स्मार्टफोनको, १ अर्ब पर्सनल कम्प्युटरहरु विन्डोज १० मा सिफ्ट हुने



काठमाडौं । विश्वमा पछिल्लो समय पाँचौं पुस्ताको फाईभजी प्रविधि तीव्र रुपमा फैलिँदैछ । विभिन्न उत्पादक कम्पनीहरुले लाखौंको हिसावमा फाईभजी डिभाईसहरु उत्पादन गरिसकेका छन ।

रिसर्च कम्पनी ‘गार्टनर’का अनुसार सन २०२० को अन्त्यसम्म विश्वभरी २ अर्ब १६ करोड ओटा फोन, ट्याब्लेट तथा कम्प्युटर खरिदविक्री हुनेछन । जसमा गत बर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतको वृद्धि हुनेछ ।

यस्तै स्मार्टफोनको मार्केट मात्रै सन २०२० मा १ दशमलव ७ प्रतिशतले फस्टाउने गार्टनरले उल्लेख गरेको छ । अघिल्लो बर्षको तुलनामा सन २०१९ मा भने स्मार्टफोनको विक्रि २ प्रतिशतले घटेको थियो । तर चीन तथा एशियाका अन्य ठुला बजारमा यसको माग बढेको थियो ।

गार्टनरका अनुसार सन २०२० को अन्त्यसम्म १२ प्रतिशत फाईभजी सपोर्ट गर्ने मोबाईल खरिदविक्री हुने अनुमान छ । भने आगामी सन २०२२ सम्म यसको माग बढेर ४३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यसैले यो बर्षको अन्त्यसम्म फाईभजी स्मार्टफोनले बजार तताउनेछ ।

फाईभजी स्मार्टफोनका कारण सन २०२० मा पर्सनल कम्प्युटरको माग भने घट्ने गार्टनरले अनुमान गरेको छ । माईक्रोसफ्टले विन्डोज ७ ले पर्सनल कम्प्युटरको बजारमा ठुलो असर पार्ने देखेपछि यसलाई हटाएको छ । त्यसैले हाल विन्डोज ११ नभएकाले चालु बर्षको अन्त्यसम्म विश्वबजारमा भएका १ अर्ब पर्सनल कम्प्युटरहरु विन्डोज १० मा सिफ्ट हुनेछन । यो भनेको विश्व बजारमा भएका पर्सनल कम्प्युटरको ८० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL