Logo

अब मोबाईल ब्यालेन्सबाटै अनलाईन सामग्री किन्न पाईने, सेवाशुल्क समेत नलाग्ने

अब मोबाईल ब्यालेन्सबाटै अनलाईन सामग्री किन्न पाईने, सेवाशुल्क समेत नलाग्ने



काठमाडौं । अब मोबाईलको ब्यालेन्सबाटै ईन्टरनेटमा भएका सामग्री किन्न पाईने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एकचोटीमा १ हजार र १ महिनाभरीमा १० हजार मूल्य बराबरका ईन्टरनेट सामग्री मोबाईल ब्यालेन्सबाटै किन्न पाईनेगरी कार्यविधि पास गरेको छ ।

प्राधिकरणले मोबाईल ब्यालेन्समार्फत बस्तु तथा सेवा खरिद गर्न सकिने गरी ‘मोबाइल व्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६’ लागु गरेको हो ।

प्राधिकरणले उक्त कार्यविधिमा सेवा दिन चाहने सेवाग्राहीले उक्त सेवाका बारेमा सम्पुर्ण जानकारी सजिलै पाउनेगरी उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ । उक्त सेवा प्रयोग गर्दा दूरसंचार सेवाशुल्क भने लाग्ने छैन । तर उक्त कार्यका लागि भने प्राधिकरणले सेवाप्रदायकसँग समन्वय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL