Logo

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०प्रतिशत छुट

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०प्रतिशत छुट



काठमाडौं । एनसेलले अंग्रेजी नयाँ बर्षको अवसरमा मासिक डेटा प्याकमा ५० पतिशतसम्म छुट दिने भएको छ । कम्पनीले १ दिनका लागि उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।

यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने कम्पनीले जानकारी दिएको छ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजे देखि मध्यरात १२ बजे सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकले कर सहित १ हजार २० रुपैयाँ पर्ने १६ जिबी प्याक कर सहित मात्र ५ सय १० रुपैयाँमा मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजना अन्तर्गत ग्राहकले कर सहित ४ सय ५३ रुपैयाँ पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र २ सय २६ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL