Logo

फागुन २ गतेदेखि क्यान ईन्फोटेक मेला आयोजना हुँदै, यी हुन मेलाका आकर्षण

फागुन २ गतेदेखि क्यान ईन्फोटेक मेला आयोजना हुँदै, यी हुन मेलाका आकर्षण



काठमाडौं । आगामी फागुन २ गतेदेखि ७ गतेसम्म क्यान ईन्फोटेक मेला २०२० आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपालको सुचना, प्रविधि र मनोरञ्जनसम्बन्धी उक्त मेला २६ औं संस्करण हो जुन ६ दिनसम्म चल्नेछ ।

laxmi

यस्तै उक्त मेला प्रदेश काठमाडौं उपत्यका बाहिर पनि विभिन्न ८ स्थानमा गरिने आयोजकले जानकारी दिएको छ । उक्त मेलाको प्रायोजन प्रभु पे, अफिसियल ईन्सोरेन्स तथा टिकट पार्टनरमा ईपेले गरेको छ ।

नेपालमा सुचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन उक्त मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । उक्त ईन्फोटेकमा महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीहरुको सहभागिता हुनेछ ।

क्यान ईन्फोटेकमा ब्राण्डीङ, आईसीटी एक्ससरिज, गेम पार्लर प्रडक्ट लगायत मुख्य आकर्षणमा रहनेछन । यस्तै अपरेटिङ सिस्टम, सफ्टवेयर, नेटवर्किङ सोल्युसन, मोबाईल फोन तथा सोल्युसन, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स, सेक्युरिटी लगायतका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ ।
गत बर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको उक्त मेलामा यो बर्ष ४ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL