Logo

एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमको तयारी कक्षा, पुष १ गतेदेखि ३ बिषय पढाईने

एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमको तयारी कक्षा, पुष १ गतेदेखि ३ बिषय पढाईने



काठमाडौं । डिशहोमले यसबर्षको एसईई दिने विद्यार्थिहरुका लागि एसईई तयारी कक्षा प्रशारण गर्ने भएको छ । कम्पनीले आफ्ना २ च्यानलमार्फत उक्त तयारी कक्षाको प्रसारण गर्ने जानकारी दिएको हो ।

डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ ।

डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् ।

यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL