Logo

नेपालको बैंकिङ क्षेत्रमा काम गर्दै आएको आइमार्क स्वास्थ्य क्षेत्रमा, अस्पतालहरुमा डाँफे सफ्टवेयर लोकप्रिय बन्दै

नेपालको बैंकिङ क्षेत्रमा काम गर्दै आएको आइमार्क स्वास्थ्य क्षेत्रमा, अस्पतालहरुमा डाँफे सफ्टवेयर लोकप्रिय बन्दै



काठमाडौं । आइमार्क हेल्थ प्रालिले सम्पूर्ण क्षेत्रमा डिजिटाईलेशन सेवा विस्तार गर्ने क्रममा हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर प्याकेजको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ ।

laxmi

एक दशकदेखि भन्दा लामो समयदेखि नेपालको बैंकिङ क्षेत्रमा डिजिटाईलेशनको काम गर्दै आएको आइमार्कको यस क्षेत्रमा बलियो पकड र पहिचान छ । साथै कम्पनीले स्वास्थ्य, शिक्षा, व्यवसायिक तथा व्यापार क्षेत्रमा उपयोग हुने सफ्टवेयरको विकास र बिक्री गर्दै आएको छ ।
डाँफे स्वफटवेयरको प्रयोगबाट पारदर्शी हस्पिटल म्यानेजमेन्ट, विरामीको मेडिकल इन्फरमेशन तथा सेवाग्राहीको गुणस्तरीय विकास हुनेमा डाँफे सफ्टवेयरका परिकल्पनाकारमध्ये एक डा. प्रभात अधिकारीले जानकारी दिए ।

डाँफे इएमआरका संस्थापक तथा डोमन एक्सपर्ट अधिकारीका अनुसार सफ्टवेयर प्याकेजको प्रयोगले पुरा अस्पताललाई डिजिटलाइज गर्न सकिन्छ । डाँफेको सफ्टवेयरमा ३० मोडलहरुको विकास गरिएको छ । अस्पतालको सम्पूर्ण सेवा, डाक्टर, औषधि, ल्याब, लेखाका काम, आयस्रोतको रेकर्ड, रिर्पोट र अस्पतालमा हुने सम्पूर्ण चेकजाँजको विबरणहरु एकीकृत रुपमा डाँफे प्रणालीमा उपलब्ध हुनेछन् ।

‘यसले हस्पिटलहरुलाई पेपरलेस बनाउन सहयोग पुग्छ भने विरामीलाई समेत कागजपत्र बोकेर हिडिरहनुपर्ने झन्झट रहदैन ।’ अधिकारीले भने । यो प्रविधिले अस्पतालमा कार्यरत सम्पूर्ण डक्टर, नर्स , प्रशासकका साथै सेवा लिन आउने सेवाग्राहीको समयको बचत तथा विरामीको डिजिटल रेकर्ड बस्ने भएकाले अस्पतालको दैनिक कार्यमा सहजता हुनेछ ।

सेवाग्राहीको हिसाबले बुझ्दा डाक्टरको अपोइन्टमेन्ट, नाम दर्ता, डाक्टर भेट्ने समय तालिका, डाक्टरको परामर्श, सल्लाह, उपचारको विवरण अस्पातलको रेकर्डमा बस्नेछ भने कतिपय सुविधा घरमै इन्टरनेटबाठ उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । विरामीको रेकर्ड अस्पतालमा रहने हुँदा अर्को पटक विरामी आउँदा विरामीको समस्या, उपचार, औषधिको प्रेस्पिक्सन सहज रुपमा देखिनेछ । यसले डाक्टरको उपचार प्रवृतिको विकासमा समेत टेवा पुर्याउछ ।

हाल डाँफे स्वफटवेयर काठमाडौं उपत्यका तथा बाहिरका डेढ दर्जन अस्पतालहरुले प्रयोग गर्दै आएका छन् । प्रयोगकर्ता अस्पतालको सन्तुष्टि नै कम्पनीको सम्पति भएको डा. अधिकारीको भनाई छ । ती सबै अस्पतालहरुमा जाँदा बिरामीले सहजै आफ्नो मेडिकल हिस्ट्री र उपचार पद्धती र स्वास्थ्यको पछिल्लो अपडेट पाउँछन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको चौथो नेपाल मेडिकल एक्स्पोमा डाँफेले आफ्नो स्टल समेत राखेको छ । एक्स्पोमा विभिन्न अस्पतालजन्य सामग्री तथा उपकरणहरु राखिएको छ । एक्स्पो आइतबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL