Logo

सामसङ ग्यालेक्सी एस११मा १०८ मेगापिक्सेल सेन्सरसहितको क्यामेरा, आगामी फेब्रुअरीमा सार्वजनिक हुँदैं

सामसङ ग्यालेक्सी एस११मा १०८ मेगापिक्सेल सेन्सरसहितको क्यामेरा, आगामी फेब्रुअरीमा सार्वजनिक हुँदैं



काठमाडौं । सामसङको नयाँ आउने ग्यालेक्सी एस११ मा ठुलो क्यामेरा जडान गर्ने भएको छ । ब्लुमबर्गको नयाँ प्रतिवेदन अनुसार सन २०२० मा आउने सामसङको फ्ल्यागसिप फोनमा १ सय ८ मेगापिक्सेल क्षमता सेन्सर भएको क्यामेरा प्रयोग गरिने भएको हो ।

यस्तै उक्त फोनको क्यामेरामा ५ गुणा टेलिफोटो जुम लेन्सहरुको समेत प्रयोग गरिने भएको छ । यस्तै फोनमा यो बर्षको नोट १० प्लसमा प्रयोग गरिएको जस्तो ‘टाईम अफ फ्लाईट’ सेन्सर समेत प्रयोग गरिने भएको छ । यस्तै सामसङले १ सय ८ मेगापिक्सेल सेन्सर र ५ गुणा अप्टिकल जुमसहितको क्यामेरा भएको उक्त फोन आफ्नो दोस्रो फोल्ड गर्न मिल्ने फोन हुने समेत जानकारी दिएको छ ।

उक्त फोन भने सन २०२० को फेब्रुअरीमा सार्वजनिक हुने ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । तर, उक्त फोन कन्सेप्ट मात्रै हो या व्यवसायिक रुपमै सार्वजनिक गर्न लागिएको हो भन्ने घोषणा भने गरिएको छैन । सामसङमा प्रयोग गर्ने भनिएको उक्त १ सय ८ मेगापिक्सेल क्यामरा भविष्यमा साओमीको एमआई मिक्स अल्फा फोनमा प्रयोग गरिने बताइएको छ । यस्तै एमआई नोट १० मा भने यसअघि नै उक्त क्षमताको क्यामरा प्रयोग गरिसकिएको छ ।

तर सामसङले भने आफ्नो पछिल्लो सवैभन्दा उत्कृष्ट फोनमा उक्त क्षमताको क्यामरा प्रयोग गर्न लागेको हो । यस्तै सन २०१६ मा सामसङले कसैले प्रयोग नगरेको १२ मेगापिक्सेल सेन्सरसहितको क्यामेरा आफ्नो फोनमा प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL