Logo

पर्यटकिय क्षेत्र रारामा टेलिकमको फोरजी सेवा, भ्रमण बर्षमा बन्ला त रारा प्रमुख गन्तब्य ?

पर्यटकिय क्षेत्र रारामा टेलिकमको फोरजी सेवा, भ्रमण बर्षमा बन्ला त रारा प्रमुख गन्तब्य ?



काठमाडौं । नेपाल टेलिकमले पर्यटकिय क्षेत्र रारा तालमा फोजी सेवा संचालनमा ल्याएको छ । दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकिय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा बिहीबारदेखि संचालनमा ल्याएको हो ।

कर्णालीका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई मध्यनजर गर्दै कम्पनीले पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको सुरुवातसँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबर्द्धन तथा प्रचार गर्न सहज हुने कम्पनीले जनाएको छ ।

त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको रारामा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन ।

राजा महेन्द्रद्वारा विसं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकिय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL