Logo

एलजी प्युरिकेयर एयर प्यूरिफायर नेपाली बजारमा, ७ दशमलव ५ मिटरसम्मको हावा सफा र ताजा बनाउने

एलजी प्युरिकेयर एयर प्यूरिफायर नेपाली बजारमा, ७ दशमलव ५ मिटरसम्मको हावा सफा र ताजा बनाउने



काठमाडौं । सिजीे इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर एयर प्यूरिफायर नेपाली बजारमा भित्राएको छ । यस एयर प्यूरिफायरले शक्तिसाली फिल्टरेशन प्रदान गर्ने र हावामा हानिकारक पदार्थहरु कम गर्ने तथा अभिनव शुद्धिकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउने कम्पनीले जानकारी दिएको छ ।


एलजी प्युरिकेयर एयर प्यूरिफायरले ठाउँ सफा र आरामदायी राख्ने तथा यसको शक्तिशालि प्रदर्शन र सर्कुलेशन सास फेर्ने हावा सफा र ताजा बनाउने गरि डिजाईन गरिएको कम्पनीले बताएको छ ।


यसको ३६० डिग्री डिजाईनले आन्तिरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु हटाउन तथा यस प्युरिफायरमा रहेको अनौठो संयोजले सफा हावा ७.५ मिटरसम्म पु¥याउने बताइएको छ । ‘यसले सम्पुर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मद्दत गर्दछ ।

स्मार्ट थिंक टेक्नोलोजिले प्रदुषण स्तर जाँच गर्न र जहाँसुकैबाट एयर प्यूरिफायर नियन्त्रण गर्न मदत गर्दछ । तपाई घर पुग्नुभन्दा पहिले स्मार्ट थिंकबाट एयर प्यूरिफायर खोल् र ताजा हावाको तत्काल आनन्द लिन सक्नुहुनेछ’, कम्पनीद्धारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL