Logo

नेपाल टेलिकमको वेबमा आधारित बल्क एसएमएस सेवा : यसरी लिन सकिन्छ लाभ

नेपाल टेलिकमको वेबमा आधारित बल्क एसएमएस सेवा : यसरी लिन सकिन्छ लाभ



काठमाडौं । नेपाल टेलिकमले वेबमा आधारित बल्क एसएमएस सेवा उपलब्ध गराईरहेको छ । कम्पनीले एकैपटक एकैप्रकारको सन्देश धेरै जनालाई पठाउन सकिने गरी वेबमा आधारित बल्क एसएसमएस सेवा सुरु गरेको हो ।

टेलिकमले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत उक्त सेवा प्राप्त गर्न सकिने जानकारी दिएको छ । यस्तै र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस सेवा प्रदायक संस्थासँग सम्पर्क गरी उक्त सेवा सुचारु गर्न सक्नेछन । उक्त सम्बन्धी सेवा उपलब्ध गराउन चाहाने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।

उक्त सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी सेवा उपभोग गर्न सकिन्छ ।

ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १ सय ४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले आपूmले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ ।

नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ÷संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL