Logo

एनसेलको तिहार अफर: चार गुणा बढि फोरजी डेटा बोनस

एनसेलको तिहार अफर: चार गुणा बढि फोरजी डेटा बोनस



काठमाडौं । एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डाटा बोनस योजना सार्वजनिक गरेको छ । ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्ने गरी एनसेलले आफ्नो उक्त सेवा सार्वजनिक गरेको छ ।

उक्त अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५ सय एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।

कर बाहेक १५ रुपैयाँ (कर सहित १९.१५ रुपैयाँ ) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २ सय २५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३ सय एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक ७५ रुपैयाँ (कर सहित ९५ंंं.७७ रुपैयाँ) शुल्कमा आउने ५ सय एमबीको खरिदमा थप १ हजार ५ सय एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २ हजार एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि १ रुपैयाँ शुल्क लाग्छ । यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL