Logo

एनसेलको पक्षमा सर्वाेच्चको फैसला, ठूला करदाता कार्यालयको निर्णय आयकर ऐन विपरित

एनसेलको पक्षमा सर्वाेच्चको फैसला, ठूला करदाता कार्यालयको निर्णय आयकर ऐन विपरित



काठमाडौं । सर्वाेच्च अदालतले निजी दूरसंचार सेवाप्रदायक एनसेलको पक्षमा फैसला सुनाएको छ । अदालतले एनसेल खरिदबिक्रीमा लाग्ने लाभकर एनसेलले तिर्नु नपर्ने गरी एनसेलको पक्षमा फैसला सुनाएको हो । सर्वाेच्चका न्यायाधीशहरु तेजबहादुर केसी सहित ५ जनाको पूर्ण इजलाशले सोमबार एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०२ आकर्षण नहुने फैसला गरेको हो ।

सर्वाेच्चले यसअघि बैशाख ३ गते गरेको निर्णय बदर गर्दैै एनसेलले कर तिर्न नपर्ने गरी फैसला सुनाएको हो । ठूला करदाता कार्यालयले गत बैशाख ३ मा ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ।

तर एनसेलले बैसाख ९ गते विभिन्न कारण देखाई करदाता कार्यालय विरुद्ध सर्वाेच्चमा रिट दायर गरेको थियो । सोही अनुसार सर्वाेच्चले एनसेलको पक्षमा फैसला सुनाएको हो ।

सर्वाेच्चको फैसलामा ठूला करदाता कार्यालयले एनसेलको सेयर खरिदविक्रीमा भएको लाभकर, लाभकरको ५० प्रतिशत जरिवाना तथा त्यसमा लाग्ने व्याजसहित आयकर ऐनको दफा १२० को (क) अनुसार कर निर्धारण गरेकोमा कार्यालयले गरेको निर्णय उक्त दफा विरोधी भएको उल्लेख छ । सर्वाेच्चले उक्त निर्णय दफा विरोधी भएपछि उक्त दफा नै खारेज गरेको हो ।

यस्तो छ फैसला

प्रतिक्रिया दिनुहोस्
MBL