Logo

विज्ञापन विधेयक प्रतिनिधिसभाबाट पारित, क्लिनफिडको नियम तत्काल लागु हुने

विज्ञापन विधेयक प्रतिनिधिसभाबाट पारित, क्लिनफिडको नियम तत्काल लागु हुने



काठमाडौं । प्रतिनिधिसभाबाट विज्ञापन विधेयक पारित भएको छ । संसदको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै बुधबार विज्ञापन विधेयक पारित गरेको हो । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था थियो ।

तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर बुधबार उक्त विधेयक पारित गरेको हो ।

तर ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ । ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्ष्भित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL