Logo

सुबिसुका ९० प्रतिशत सेवाग्राहिको सेवा सुचारु, बाँकी सेवाग्राहीको समस्या २ दिनमा समाधान हुने

सुबिसुका ९० प्रतिशत सेवाग्राहिको सेवा सुचारु, बाँकी सेवाग्राहीको समस्या २ दिनमा समाधान हुने



काठमाडौं । आगलाागी पश्चात बन्द भएको सुबिसुको सेवा ९० प्रतिशत ग्राहकसम्म पुगेको छ । बुधबार दिउँसो कम्पनीको बालुवाटारमा रहेको डाटा सेन्टरमा भिषण आगलागी भएपछि सेवा केही घण्टा अवरुद्ध भएको थियो । तर थापाथलीमा रहेको बैकल्पिक डाटा सेन्टरबाट सेवा प्रवाह गरी ९० प्रतिशत ग्राहकसम्म सेवा पुर्याईसकेको सुबिसुले जानकारी दिएको छ ।

कम्पनीले बुधबार भएको आगलागिबाट मानविय क्षति नभएको तर ठूलो रुपमा भौतिक क्षति हुन गएको हुनाले सेवा केहि स्थानमा अबरुद्ध भई सेवाग्राहिहरु प्रभावित भएको बताएको छ ।
यस्तै कम्पनीले आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि समय भित्र नै आफ्ना प्राबिधिक टोलिको सहयोगद्वारा प्रभावित सेवा सुचारु गरा्उन तत्परताका साथ काम अगाडि बढाईसकेको थियो ।

कम्पनीले आगालागि हुँदा पनि जतिसक्दो चाँडो डिजास्टर रिकभरी सेन्टरमार्फत सेवा प्रदान गर्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको छैन । यस्तै हालसम्म पनि अवरुद्ध रहेको केही स्थानमा भने कम्पनीले केही दिनमा नै सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL