Logo

नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड रनरअप उपाधी टेलिकमलाई

नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड रनरअप उपाधी टेलिकमलाई



काठमाडौं । नेपाल टेलिकमले ‘नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’ मा रनर अपको उपाधि हात पारेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चाटर्ड एकाउन्टेन्ट (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि हात पारेको हो ।

विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र, वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि प्राप्त गरेको हो । मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेका हुन ।

अवार्ड आइक्यानले वार्षिक रुपमा प्रदान गर्दै आएको छ । वित्तीय र अन्य जानकारी तथा विवरणहरु वार्षिक रुपमा उत्कृष्ट रुपमा प्रस्तुतिकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिएको हो । आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।

नेपाल टेलिकमले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७१÷७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL