Logo

ठूला करदाताको निर्णय विरुद्ध सर्वोच्च पुग्यो एनसेल, कर निर्धारण नमिलेको भन्दै मुद्दा दायर

ठूला करदाताको निर्णय विरुद्ध सर्वोच्च पुग्यो एनसेल, कर निर्धारण नमिलेको भन्दै मुद्दा दायर



काठमाडौं । टेलिकम कम्पनी एनसेलले सर्वोच्च अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ । कम्पनीलाई कर तिर्न दिएको सात दिने म्याद मंगलबार सकिँदै छ । म्याद सकिन एकदिन बाँकी हुँदा एनसेलले कर निर्धारण नमिलेको भन्दै सर्वोच्चमा मुद्दा हालेको हो ।

ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पूँजीगत लाभ कर कानुन अनुसार नभएको कम्पनीको दाबी रहेको छ ।

वैशाख ३ गते कार्यालयले एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो । सोही दिन उसले ७ दिनभित्र कर तिर्न एनसेललाई सूचना समेत पठाएको थियो ।

उक्त फैसला अनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले एक्जियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो । त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो ।

त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रीम रूपमा तिरिसकेको छ । विलम्ब शुल्कवापत् २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ पनि एनसेलले तिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL