Logo

सरकारले भन्यो, ‘फेसबुक ट्वीटर बन्द गर्ने हल्ला निराधार हो’

सरकारले भन्यो, ‘फेसबुक ट्वीटर बन्द गर्ने हल्ला निराधार हो’



काठमाडौं । संचार, सूचना तथा प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायतका सामाजिक संजाल बन्द गर्ने निर्णय झुटो रहेको जानकारी दिएको छ ।

laxmi

पछिल्लो समय मन्त्रालय तथा सूचना विभागको नाम राखी सो फेसबुक, ट्वीटरजस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गर्न लागिएको भन्दै अनावश्यक भ्रम फैलाएको भन्दै प्रेश विज्ञप्ती जारी गरेरै मन्त्रालयले सो सम्बन्धमा गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘यस मन्त्रालय अन्तरगत कुनै पनि सामाजिक संजाल बन्द गर्ने भनी सूचना प्रकाशित नभएको र त्यो गलत सूचना प्रबाह गर्ने व्यक्ति उपर कानुनी कारबाही प्रक्रिया अघि बढिसकेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक संजाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक संंजालबाट हटाउन समेत अनुरोध छ ।’

मन्त्रालय तथा विभागको लोगो प्रयोग गरी गलत प्रकारका सूचना आफ्नो सामाजिक संजालमार्फत पोष्ट, रिपोष्ट र लाईक गरेको भए हटाउन तथा लाईक नगर्न सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL