Logo

सबै सरकारी कार्यालयहरुले आफ्नो वेबसाईट बनाउनुपर्ने, यस्तो छ नियम

सबै सरकारी कार्यालयहरुले आफ्नो वेबसाईट बनाउनुपर्ने, यस्तो छ नियम



काठमाडौं । अब प्रत्येक सरकारी कार्यालयहरुले आफ्नो वेबसाईट बनाउनुपर्ने भएको छ । सरकारले सुचना प्रविधिनसम्बन्धी ब्यवस्था गर्न बनेको विधेयकमार्फत पत्येक सरकारी कार्यालयले आफ्नो कार्यालयको वेबसाईट बनाउनु पर्ने ब्यबस्था गरेको हो ।

हाल नेपालका प्रायजसो नगरपालिका, गाउँपालिका लगायतका सरकारी कार्यालयहरुले आफ्नो कार्यालयको वेबसाईट बनाएका छैनन ।

उक्त कार्यालयहरुको वेबसाईट बनाउनका लागि सरकारले डट एनपीमा डोमेन दर्ता गर्न सकिने ब्यवस्था मिलाएको छ । यस्तै सरकारी कार्यालयहरुले बनाउनुपर्ने वेबसाईटको डिजाईन, विकास तथा मापदण्ड भने संचार तथा सुचना प्रविधि मन्त्रालयले तोकेबमोजिम हुने भएको छ ।

अब सबै सरकारी कार्यालयहरुले डिजिटल हस्ताक्षर समेत प्रयोग गर्न पाउने भएका छन । सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालयको वेबसाईट बनाउनका लागि एनपी मो डोमेन दर्ता गर्नका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरी तोकेको संस्थामा तोकिए बमोजिमको दस्तुर बुझाई दर्ता गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।

सरकारले उक्त विधेयकमार्फत कुनै निकायले नेपालमा तथ्यांक केनद्र तथा क्लाउड संचालन गर्नका लागि पनि सुचना विभागमा निवेदन दिई अनुमतीपत्र लिनुपर्ने ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL