Logo

डिशहोमको डिशहोम उज्वल भविष्य योजना सार्बजनिक, विद्यार्थीलाई झोला सहितको शैक्षिक सामग्री वितरण

डिशहोमको डिशहोम उज्वल भविष्य योजना सार्बजनिक, विद्यार्थीलाई झोला सहितको शैक्षिक सामग्री वितरण



काठमाडौं । डिशहोम नेपालले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम ल्याएको डिशहोम मिडियाले जानकारी दिएको छ ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत डिशहोम उज्वल भविष्य कार्यक्रम ल्याएको हो ।

डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका कक्षा १ देखि ५ सम्मका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यामिक विद्यालयमा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ ।

डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।

निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको डिशहोमले जानकारी दिएको छ ।

‘कम्पनीले सुरू गरेको डिशहोम उज्वल भविष्य कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीहरुको पढाइमा सहयोग पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महा प्रवन्धक कल्याण अधिकारीले बताए ।

नेपाली, हिन्दी तथा विदेशी च्यानलहरु प्रशारण हुने डिशहोमको जडान मुल्य २ हजार ९ सय ९९ रुपैयाँ र मासिक २५० रुपैयाँ देखिका मासिक प्याकेजहरु उपलव्ध छन् । डिशहोमको सेट टप वक्सहरुमा १ वर्षको वारेण्टि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL