Logo

भिभो भि प्रो स्मार्ट फोन नेपाली बजारमा भित्रदै, बजार मूल्य ५० हजार

भिभो भि प्रो स्मार्ट फोन नेपाली बजारमा भित्रदै, बजार मूल्य ५० हजार



काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भिभोले भि सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भिभो भि १५ र भिभो भि १५ प्रो स्मार्टफोन ल्याउने भएको हो ।

भिभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गर्दै पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । उक्त डिजाइन यसअघि भिभोले नेक्स स्मार्टफोनमा ल्याएको थियो । सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ ।

भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहेको कम्पनले जानकारी दिएको छ ।

भिभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ । यहि फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भिभो भि १५ प्रो स्मार्टफोनमा ६ दशमलब ३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन रहनेछ ।

साथै उक्त फोनमा ८ जीबी र्याम र १२८ जीबी भण्डारण हुने कम्प्नीले जानकारी दिएको छ ।
फोनमा ३ हजार ७ सय एमएएचको ब्याट्री प्याक हुनेछ भने यस्को बजार मूल्य भारतमा ३० हजार भारु हुने अनुमान छ ।

नेपाली बजारमा भने भिभो भि १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुनेछ । नेपाली बजारमा यस्को मूल्य ५० हजार रुपैयाँ भन्दा माथि रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL