Logo

पश्चिमका १९ जिल्लामा अप्टिकल फाइबर बिछ्याउन सुरु, स्मार्ट टेलिकमले थाल्यो काम

पश्चिमका १९ जिल्लामा अप्टिकल फाइबर बिछ्याउन सुरु, स्मार्ट टेलिकमले थाल्यो काम



काठमाडौं । स्मार्ट टेलिकमले नेपाल सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु गरेको छ । कम्पनीले बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलिकमलाई दिएको छ । सोही अनुसार स्मार्ट टेलिकम र सीसीएस (चाइना कम्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन् । परियोजनाको सुरुवात गर्दै स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजीटाइजेशन अभियान अन्तर्गत स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए ।

प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझांङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर विछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिव २५ सय किलोमिटर फाइबर १९ जिल्लाका प्रमुख हाईवे र सदरमुकाममा पु¥याइनेछ ।

फाइवर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाहरुले यसको उपभोग गर्न सक्छन् । उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन । निश्चिित रकम सम्पन्न गर्नका लागि करिव ३ अर्ब रुपैयां ग्रामिण दुरसञ्चार कोषको रकम सरकारले सब्सिडिका रुपमा उपलब्ध गराएको हो ।

स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्हार गर्नेछ । २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ ।

प्राधिकरणले हाल सातैवटा प्रदेशमा फाइबर बिछ्याउने कामको जिम्मा सेवा प्रदायक संस्थाहरुलाई प्रतिस्पर्धाका आधारमा दिएको छ । दुर्गम भेगमा फाइबर पुगेपछि इन्टरनेटको पहूँच र टेलीकमको सेवा विस्तारमा समेत सहयोग पुग्नेछ । यसले गर्दा गुणस्तरसमेत सुधार हुन्छ । यसले सरकारको डिजीटलाइजेशन अभियानमा सहयोग पुग्नेछ । सरकारले इ गभरनेन्स, इ हेल्थ, इ कमर्श तथा इ एजुकशेनलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहँुच ४९ प्रतिशत मात्रै रहेको छ । फिक्स्ड ब्रोडब्याण्डमा ११ दशमलव २ प्रतिशत मात्र पहँुच रहेको छ । फाइबर विस्तारले यो प्रतिशतलाई बढाउन सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।

सूचना प्रविधीलाई नयाँ नेपाल निर्माणको अभियानमा जोड्ने सरकारको घोषणालाई सहयोग गर्ने स्मार्टको मूख्य उद्देश्य रहेको अध्यक्ष जोशीको भनाई छ । फाइबर विस्तारपछि सर्वसाधारणले टेलीकमसंग सम्बन्धित सेवा सस्तो र सहज तरिकाले पाउनेछन् ।

निजी क्षेत्रले लगानी नउठ्ने डरले संरचना बनाउन नचाहिरहेको अवस्थामा यसको विस्तारले सूचना प्रविधीसंग सम्बन्धित सबै पक्षमा सबैका पहँुच सहज र सुलभ बनाउनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL