Logo

एनसेल र एक्जियटासँग एनसेल बिक्रीको लाभकर उठाउन सर्वोच्चको परमादेश

एनसेल र एक्जियटासँग एनसेल बिक्रीको लाभकर उठाउन सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्री बापतको पूँजीगत लाभकर एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित बृहत पूर्ण इजलासले एनसेल बिक्री वापतको लाभकर एनसेल र एक्जियटाबाटै असुल गर्नुपर्ने भन्दै परमादेश जारी गरेको हो ।

एनसेलको लाभकरको विषयमा टुङ्गो लगाउन प्रधानन्यायाधीश जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरु मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान सदस्य रहेका थिए । बुधबार लाभकरको विषयमा एनसेल र सरकारी वकिल दुबैतर्फको बहश सुनेपछि सर्वोच्चले एनसेलले नै लाभकर तिर्नुपर्नेगरी परमादेश जारी गरेको हो ।

सर्वोच्चको उक्त परमादेशसँगै यस अघि टेलियासोनेरा र एक्जिटाबीच एनसेल खरिदबिक्री हुँदाको लाभकर अब खरिदकर्ता एक्जिएटाले नै तिर्नुपर्ने छ । हाल लाभकर वापतको दायित्व ३८ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

एनसेलको तत्कालिन प्यारेन्ट कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो स्मामित्व २०७२ पुसमा मलेसियन दूरसञ्चार कम्पनी एक्सिएटालाई बिक्री गरेको थियो । टेलियासोनेराले एक्जियटालाई एनसेलमा भएको आफ्नो हिस्सा १ खर्ब ४० अर्ब नेपाली रूपैयाँमा बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL