Logo

फेसबुकलगायत सामाजिक संजालमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन, क्लिनफिड नीति तत्काल कार्यान्यनमा

फेसबुकलगायत सामाजिक संजालमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन, क्लिनफिड नीति तत्काल कार्यान्यनमा



काठमाडौं । विकास तथा प्रविधि समितिले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाइ करको दायरामा ल्याउन निर्देशन दिएको छ । त्यस्ता सामाजिक संजालमार्फत विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएकाले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देश दिएको हो ।

समितिको आज बसेको बैठकले फेसबुक, ट्वीटर तथा वीच्याटलगायत सामाजिक संजालमार्फत ठूलो मात्रामा आर्थिक कारोबार हुने गरेको र त्यसबाट राज्यले कर गुमाईरहेको भन्दै करको दायरामा ल्याउने निर्देशन दिएको हो ।

विशेगरी फेसबुक तथा ट्वीटरजस्ता सामाजिक संजामार्फत हुने विज्ञापनबाट ठूलो मात्रामा विदेशी मुद्राको अपचलन भइरहेको छ । नेपालमा गरिने विज्ञापनको पनि विदेश स्थित सम्बद्ध निकायलाई डलरमा भुक्तानी गर्नुपर्ने भएकोले सो वापत ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको समितिको ठहर छ ।

यसैगरी सो बैंठकले क्लिन फिड नीतिलाई पनि तत्काल कार्यान्वयनमा ल्याउन निर्देशक दिएको छ । टेलिभिजन लगायतका सञ्चार माध्यमलाई क्लिन फिड नीति अख्तियार गर्ने नेपाल सरकारको कार्यक्रम रहेको र सोही अनुरुप कार्यान्वयन पक्ष सुस्त एवं प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL