Logo

हुवावेले ल्यायो २ नयाँ स्मार्टफोन, बजारमूल्य ३० हजार र ६० हजार

हुवावेले ल्यायो २ नयाँ स्मार्टफोन, बजारमूल्य ३० हजार र ६० हजार



काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्ना २ नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्ना नयाँ स्मार्टफोनहरु ‘नोभा थ्री’ र ‘नोभा आई थ्री’ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार उक्त नोभा थ्री फोनमा २४ मेगापीक्सेल (एमपी) को फ्रन्ट क्यमेरा र अर्काे २ एमपी क्यामेराका साथै ४ ओटा क्यामेरा जडान गरिएका छन ।

जसले एआई प्रविधिका माध्यमबाट मानीसले खिच्ने फोटोलाई निश्चीत रङ दिने काम गर्दछ । यसका साथै अर्काे मोवाईल ‘नोभा थ्री आई’ मा पनि २४ एमपीको फ्रन्ट क्यामेराका साथै विभिन्न रङहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त २ नयाँ फोनको बजारमूल्य हुवावे नोभा थ्री को २९ हजार ९ सय र हुवावे नोभा थ्री आईको ५९ हजार ९ सय रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL