Logo

रिचार्जरको नयाँ भर्सन सार्वजनिक, जति रिचार्ज त्यत्ति नै क्यास व्याक

रिचार्जरको नयाँ भर्सन सार्वजनिक, जति रिचार्ज त्यत्ति नै क्यास व्याक



काठमाडौं । ग्लोबल की टेक्नोलोजीले आफ्नो मोबाइल एप्स ‘रिचार्जर’ अपडेटेड भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले गएको शुक्रबार उक्त मोवाइल एप्स सार्वजनिक गरेको हो ।
‘नेपाली एप्स हामी नेपाली हरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा सगरमाथामा शुक्रबार फहराइएको थियो । सोहि दिन उक्त एप्सको नयाँ भर्सन सार्वजनिक गरिएको हो ।

नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेक्नोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो ।

उक्त एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ ।

यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । एप्समार्पmत मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुल बारकोड बाट भुक्तान गर्न सकिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

४० हजार पटक डाउनलोड भएको रिचार्जरको आगामी भर्सनबाट होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्ने व्यवस्था गरिने बताइएको छ ।

३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने भएको हो । साथै अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिना भित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL