Logo

प्रबिधि केन्द्रित सीड क्याम्प सञ्चालन हुँदै, अगष्ट २० सम्मका लागि आवेदन खुल्ला

प्रबिधि केन्द्रित सीड क्याम्प सञ्चालन हुँदै, अगष्ट २० सम्मका लागि आवेदन खुल्ला


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्टार्टअप्सनेपालले टेक प्रविधि केन्द्रित उद्यमी सीड क्याम्प आयोजना गर्न लागेको छ । स्टार्टअप्स नेपालले उद्यमी सीड क्याम्प  सफलतापुर्वक सम्पन्न गरेपछि फेरी इच्छुक उद्यमीहरूका लागि प्रविधि केन्द्रित क्याम्प सञ्चालन गर्न लागेको हो ।
यस उद्यमी सीड क्याम्प टेक संस्करण, ६ दिने कार्यक्रम हो  । सो क्याम्पमा भविस्यमा उद्यमी बन्ने सपना बोकेकाहरुलाई दक्ष प्रशिक्षक द्वारा प्रसिक्षण दिई उनिहरुको सपनालाई उद्यममा रूपान्तरण गर्न सिकाने कम्पनीले जानकारी दिएको छ ।
उद्यमी सीड(क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नु भएको समेत बताएको छ ।
आफ्नो व्यवसायिक सोचमा सहभागी टोलीले  कुनै पनि स्तरमा प्रविधिको  सामिल गरेको हुनु पर्ने  यस टेक संस्करणको मापदण्ड रहेको छ । इच्छुकले २० अगष्टसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL