Logo

ट्वीटरले थप्यो नयाँ सुविधा,भिडीयो अपलोड र ग्रुप म्यसेजिङ गर्न सकिने

ट्वीटरले थप्यो नयाँ सुविधा,भिडीयो अपलोड र ग्रुप म्यसेजिङ गर्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

१५ माघ, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर अव आफ्नो समूहका साथिहरुलाई एकै पटक सन्देश पठाउन सकिने भएको छ । सो सन्देश समूहका व्यक्ति बाहेक अरुले नहेर्ने भएकोले सुरक्षित हुने ट्वीटरले जानकारी दिएको छ  ।

ट्वीटर प्रयोगकर्ताले एक पटकमा २० मानिसलाई ग्रुप म्यासेज पठाउन सक्छन् ।

त्यस्तै ट्वीटरले सामाजिक सञ्जाल फेसबुक र इनस्ताग्राममा जस्तै भिडियो बनाउने, इडिट गर्ने र सेयर  गर्ने सुविधा पनि प्रदान गरेको छ ।

ट्वीटरले विज्ञापनदाता,पव्लिक फिगर र धेरै फलोअर्सहुनेहरुलाई मात्र भिडियो अपलोडको सुविधा दिदै आएको थियो । ट्वीटरको प्रोडक्ट डाइरेक्टर जीनन कामदारका अनुसार  अब सबै प्रयोगकर्ताले भिडियो सुविधा पनि प्राप्त गर्नेछन् ।

ट्वीटरको नया भिडियो सुविधामा प्रयोगकर्तालाई भिडियो क्लिप अपलोड अप्सन राखिने छ । जुन अधिकतम ३० सेकेण्डको भिडियो हुनेछ,  प्रयोगकर्ताको टाइमलाइनमा अटो प्ले हुनेछ । आईफोन प्रयोगकर्ता क्यामराबाट भिडियो बनाएर सीधै इडिट र अपलोड गर्न सक्छन् । यो सुविधा नै एन्ड्ररोइड प्रयोगकर्ताको लागि पनि आउने बताइएको छ । \एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL