Logo

कृषि बाली सखाप पार्ने सलहको समूह भारतबाट नेपाल छिर्यो, किसानमा त्रास

कृषि बाली सखाप पार्ने सलहको समूह भारतबाट नेपाल छिर्यो, किसानमा त्रास



काठमाडौं । कृषि बाली सखाप पार्ने किराका रुपमा चिनिएको सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको जनाइएको छ ।

शनिवार बिहान बारा, पर्सा र सर्लाहीमा सलहको समूह देखिएको जनाइएको छ । उक्त सलह कस्तो खालको र कति संख्यामा छन् भन्नेबारे सबिस्तृत जानकारी आइसकेको छैन ।

नेपाल प्रबेश गरेका सलह अहिले रुख तथा जमिनमा बसेको बताइएको छ । सलह बथानमा उड्ने फट्यांग्रा किरा हो। जसले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउने गर्छ । यसको समूहमा एक वर्ग किलोमिटर क्षेत्रफलसम्म लाखौ किराहरू हुन्छ ।
नेपालमा सलह प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेसँगै विशेषगरि तराई क्षेत्रमा त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL